आफैँलाई भोट हाल्दा फरक अनुभूति भयोः सभापतिका उम्मेदवार निधि

आफैँलाई भोट हाल्दा फरक अनुभूति भयोः सभापतिका उम्मेदवार निधि

काठमाडौं । नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा आफैँलाई मतदान गर्दा फरक अनुभूति भएको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभागृहको मतदान केन्द्रमा मतदान गर्नुभएपछि पत्रकारलाई प्रतिक्रिया दिनुहुँदै उहाँले विगतका महाधिवेशनमा अरुलाई सभापति जिताउन मतदान गरिन्थ्यो, यसपटक आफैँलाई मत हाल्दा नयाँ अनुभूति भएको बताउनुभयो ।

मतदान गर्न ५१ मिनेट लागेको पनि उहाँले बताउनुभयो । “म सबैलाई चिन्छु । तर पनि, यति समय लाग्यो, अरुलाई झन् बढी समय लाग्ने देखिन्छ” उहाँले भन्नुभयो । काँग्रेस महाधिवेशनको पहिलो चरणमा नै सभापति पदको परिणाम आउने सम्भावना कम रहेको उहाँले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्