प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने

प्रकाशमान सिंहले देउवालाई समर्थन गर्ने

काठमाण्डाैँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने हुनु भएको छ ।

पार्टी नेतृत्वका लागि दोस्रो चरणको चुनाव हुने भए पछि बिहान सिंहलाई भेट्न सभापति देउवा उहाँकै निवास चाक्सीबारी पुग्नु भएको थियो । छलफल पछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै नेता सिंहले आफ्नो समर्थन देउवालाई नै रहेको बताउनु भएको हो । त्यस अघि संस्थापन पक्षका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँडले सिंहलाई उहाँकै निवास चाक्सीबारी पुगेर भेटवार्ता गर्नु भएको थियो ।

१४ औँ महाधिवेशनका सभापतिका उम्मेदवार सिंह ३ सय ७१ मत पाउँदै तेस्रो स्थानमा रहनु भएको थियो । अब कांग्रेसको नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच दोस्रो चरणको चुनाव हुनेछ ।

तस्बिर:यूपी लामिछाने फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्