सुनको मूल्य प्रतितोला रु.३००ले बढ्यो

सुनको मूल्य प्रतितोला रु.३००ले बढ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु.३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ ।

पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु.९२ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९२ हजार ३०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु.९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२० ले बढेर रु.एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्