समाजवादी विद्यार्थी युनियन प्रदेश नं. १ को अध्यक्षमा किराती

समाजवादी विद्यार्थी युनियन प्रदेश नं. १ को अध्यक्षमा किराती

विराटनगर । जसपा निकट समाजवादी विद्यार्थी युनियन प्रदेश नं. १ को अध्यक्षमा खोटाङका अञ्जिलहाङ किराती चयन भएका छन् ।

समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनको समायोजनसँगै बनेको समाजवादी विद्यार्थी युनियनको प्रदेश अध्यक्षमा किराती चयन भएका हुुन् । आईतबार इटहरीको हलगडास्थित जसपाको प्रदेश पार्टी कार्यालयमा भएको प्रदेश समायोजन तथा घोषणा कार्यक्रमले अध्यक्षमा किरातीसँगै ५५ सदस्यीय प्रदेश कमिटी टुङ्गो लगाएको छ । समाजवादी विद्यार्थी युनियन प्रदेश कमिटीको उपाध्यक्षमा झापाका बिक्रम शेर्पा, पाँचथरका रोहित आङ्बो, इलामका राम लिङदम, सुनसरीका मिथिलेस यादव, ताप्लेजुङका श्री लिङखिम, मोरङका रोशन अधिकारी र तरुण खवास तथा भोजपुरका कुशल कार्की चयन भएका छन् ।

प्रदेश कमिटीको मुख्य सचिवमा सुनसरीका सञ्जय अधिकारी र सचिवमा उदयपुरकी सुसनकुमारी राई, भोजपुरका पनन राई, मोरङका चन्द्रनारायण यादव, सुनसरीका सुमन राई, ताप्लेजुङका सरोज लिम्बु, झापाका मिलन रुम्दाली तथा इलामका विपन लिम्बु चयन भएका छन् । समायोजनबाट समाजवादी विद्यार्थी युनियन प्रदेश कमिटीको कोषाध्यक्ष पदको जिम्मेवारी भने सुनसरीकी चन्दा साहले पाएकी छन् ।

यस्तै प्रदेश कमिटीको सदस्यमा भने विपन राई, निशा राई, रामबाबु मगर, रोशन राई, यशोदा तिम्सिना, सञ्चित राई, चन्दन कुमार बैठा, बिरु यादव, कुलबहादुर दनाल, लक्ष्मण बोेहरा, सेमिन राई, नविन लिम्बु, सुस्मा राई, बिमल घिमिरे, साहिल झा, नितेश दाहाल, आर्यन सुवेदी, सुबास खनाल, प्रविण निरौला, रविन खनाल, युवराज राई, उदिप लावती, सञ्जोक हुुक्पाचोङ्बाङ, राजु सम्बाहाङ्फे, तिलक यक्पाङ्देन, गणेश सम्बाहाङ्फे, अस्मिता राई, शिखर राई, दिनेश इङ्वा, धिरेन राई, सुमित राई, सञ्जय इङ्नाम, सुजन आङबोहाङ र राकेश कुमार यादव चयन भएका छन् ।

समाजवादी विद्यार्थी युनियनले पदाधिकारी सहित ५५ सदस्यीय प्रदेश कमिटी घोषणा गरेपनि हाल उपाध्यक्ष, सचिव र सदस्यकोे १–१ पद रिक्त राखिएको छ । पुर्व राजपासँग पनि छलफल चलिरहेकाले पदाधिकारीमा २ र सदस्यमा १ पद खाली राखिएको जानकारी दिईएको छ ।

प्रदेश नं. १ कमिटीको समायोजनका निम्त्ति भने समाजवादी विद्यार्थी युनियन केन्द्रिय पदाधिकारीको बैठकले संगठनको उपाध्यक्ष सुबास लाबुङको संयोकत्वमा संगठनका उपमहासचिव दिनेश दंगाल र सचिव सुबास राई रहेको ३ सदस्यीय कार्यदल गठन गरि जिम्मा दिएको थियो । पार्टीका नेताहरुसँग कार्यदलको पटकपटकको आवश्यक छलफल, संवाद र परामर्शपश्चात मात्रै आईतबार विद्यार्थी युनियनको प्रदेश कमिटी टुंगो लागेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्