मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

मीनेन्द्र रिजालले बुझाए देउवालाई राजीनामा

काठमाडौं । काँग्रेस महामन्त्री पदमा पराजित भएका डा.मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले बिहीबार सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाउनु भएको हो । उहाँले काँग्रेसको महाधिवेशनमा आफूले प्रतिस्पर्धा गरेको महामन्त्री पदको मत परिणामलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको बताउनु भएको छ ।

डा.शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार रहेका उनले ८०९ मत प्राप्त गर्दै पराजय भोगेका थिए । सबैबीच रिजालले महामन्त्रीमा नव निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिनु भएको छ ।

साभार:रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्