‘आइसिटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले शुक्रबार

‘आइसिटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले शुक्रबार

विराटनगर । सुचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्ड २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रबार हुने भएको छ ।

छैठौं संस्करणको आइसिटी अवार्डमा डिशहोम फाईबरनेटले सहकार्य गरेको छ । आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको सबैभन्दा ठूलो र प्रतिष्ठित आइसिटी अवार्डको सम्मान प्राप्त गर्नेछन् । डिशहोम फाईबरनेटले विजेता १५ जनालाई २५ एमबिपिएसको ईन्टरनेट प्रदान गर्ने छ ।

आइसिटी अवार्ड २०२१ मा स्टार्टअप तथा इनोभेसन अन्र्तगत ह्वावे स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड र पब्लिक च्वाइस आइसिटी अवार्ड २०२१ विधाहरू समावेश भएका छन् ।
व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, नेपाल बैंक पायोनियर आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड विधाहरू रहेका छन ।

संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर), डिजिटल सर्भिसेस आइसिटी अवार्ड र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड विधाहरू समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्