धरानमा प्राविधिक मेला “एसीइएस टेक फेस्ट फोर प्वाईन्ट ओ” हुने

धरानमा प्राविधिक मेला “एसीइएस टेक फेस्ट फोर प्वाईन्ट ओ” हुने

विराटनगर । पुर्वाञ्चल क्याम्पस धरानमा प्रदेश १ कै ठुलो र ऐतिहासिक प्राविधिक मेला "एसीइएस टेक फेस्ट फोर प्वाईन्ट ओ" आयोजना हुने भएको छ।

विगतका वर्ष झैं यसपटक पनि प्राविधिक मेला आयोजना गर्न लागिएको हो । क्याम्पसमा कम्प्युटर इन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुद्वारा सञ्चालित "एसोसिएसन अफ कम्प्युटर इन्जिनियरिङ स्टुडेन्ट्स" नामक गैह्रनाफामुलक संस्थाले आगामी पुष ५ गतेबाट मेलाको आयोजना गर्न लागेको हो । संस्थाले विगत ४ वर्षदेखि नियमित प्राविधिक मेला आयोजना गर्दै आईरहेको छ । उपत्यका बाहिर रहेर प्राविधिक क्षेत्रमा रुचि राख्ने विधार्थीहरुलाई लक्षित गर्दै प्राविधिक मेला आयोजना गर्न लागिएको एसीइएसका कुशल अधिकारीले बताए ।

उनले मेलामा ह्याकाथन, लाइभ कोडिङ एण्ड डिवगिङ, प्राविधिक वर्कशप, हाजिरी जवाफ प्रतियोगिता, गेम फेस्ट, अवारनेश अफ माइक्रोसफ्ट इम्याजिन कप, आइडियाथन र म्युजिकल फेस्ट सहित आधा दर्जन बढी प्रतियोगिता समेत आयोजना गरिएको जानकारी दिए ।

प्राविधिक मेला ३ हजारभन्दा बढी दर्शकहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । कार्यक्रममा धरान, इटहरी र विराटनगर सहित देशभरिका विभिन्न विधालयहरुबाट विभिन्न विधामा प्रतिस्पर्धा गर्नका लागि विधार्थीहरुको सहभागिता रहने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्