वर्ल्डलिङ्कले गर्‍यो ब्याण्डविथ अपग्रेड, अब ३०० एमबिपिएसको स्पिड

वर्ल्डलिङ्कले गर्‍यो ब्याण्डविथ अपग्रेड, अब ३०० एमबिपिएसको स्पिड

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्नो सबै उपभोक्ताको ब्याण्डविथ अपग्रेड गरेको छ ।

वर्ल्डलिंकले १२० देखि ३०० एमबिपिएसको ब्याण्डविथ अपग्रेड गरेको हो । यसअघि वाइफाईका लागि नोकियाको फाईभ गिगाहर्जको डुअल ब्याण्ड राउटर प्रयोग गर्दै आएको वर्ल्डलिंक प्रयोगकर्ताहरुले अब अपग्रेड गरिएको ३०० एमबिपिएस प्रयोग गर्न सक्नेछन् । त्यसका लागि ब्याण्डविथको फाईभ गिगाहर्ज वाईफाई सपोर्ट गर्ने मोबाईल तथा ल्यापटपमा आवश्यक पर्छ । यसका साथै प्रयोगकर्ताहरुले क्याटेगोरी ६ को ल्यान केवल मार्फत पनि ३०० एमबिपिएसको इन्टरनेट प्रयोग गर्न सक्ने जनाईएको छ ।

नेपालको ४३ प्रतिशत ब्याण्डविथ ट्राफिक बहन गर्दै आएको वर्ल्डलिंकले उपभोक्ताहरुको स्पिड वृद्धि गरेसँगै नेपालको औषत ब्याण्डविथ थ २५ एमबिपिएस बाट ८० पुग्ने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्