धनकुटाका माओवादी नेता ढुंगाना पार्टीको प्रदेश सह–सचिवमा निर्वाचित

<span class='c1'>धनकुटाका माओवादी नेता ढुंगाना</span> <span class='c2'>पार्टीको प्रदेश सह–सचिवमा निर्वाचित</span>

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका संयोजक ऋषिराम ढुंगाना (कुसुम) पार्टी प्रदेश कमिटीको सह–सचिवमा निर्वाचित भएका छन् ।

प्रदेश राजधानी विराटनगरमा आज बिहान सम्पन्न निर्वाचनबाट नेता ढुंगाना माओवादी केन्द्र प्रदेश १ को सह–सचिव पदमा निर्वाचित भएका हुन् । सह–सचिवको ३ पदका लागि १३ जना उम्मेदवारबिच प्रतिस्पर्धा हुँदा ढुंगाना निर्वाचित भएका हुन् । नेता ढुंगानासँगै राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश वनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किरातीले सह–सचिव पदका लागि उम्मेदवारी दिएका थिए ।

२५९ प्रदेश कमिटी सदस्य मतदाता रहेको निर्वाचनमा २४० जनाले मतदान गरेका थिए । निर्वाचनमा नेता ढुंगानाले ९५ मत पाएका छन् । १३ जना प्रतिष्पर्धीसँगै चुनावी मैदानमा उत्रिएका ढुंगानाको पक्षमा ४० प्रतिशत मतदाताले मतदान गरेका हुन् । ढुंगानासँगै कुमारी राई र सागर किराँती पनि सह–सचिवमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्