नेकपा एसको बराहक्षेत्र कालाबञ्जारको अध्यक्षमा दिनेश चयन

नेकपा एसको बराहक्षेत्र कालाबञ्जारको अध्यक्षमा दिनेश चयन

चक्रघट्टी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ५ स्थित कालाबञ्जारमा नेकपा एकिकृत समाजवादीको वडा कमिटी गठन भएको छ ।

टोल वस्तीमा हात हातमा कलम अभियानसगै संगठन विस्तारमा लागेको नेकपा एसले आयोजनामा शनिवार भएको वडा भेलाले दिनेश कटुवालको अध्यक्षतामा ५१ सदस्य कमिटी गठन गरेको हो । नेकपा एसका सुनसरी सदस्य तथा युवासंघ नेपालका सुनसरी अध्यक्ष सोम लुङग्ली बान्तवा राईका अनुसार विगतमा एमालेका विभिन्न कमिटीमा रहेका र अन्य राजनितिक दलबाट आएका नेता कार्यकर्ताहरुको सहभागीतामा वडा कमिटी गठन भएको हो ।

युवा संघका अध्यक्ष राईले बराहक्षेत्रका विभिन्न वडामा एमालेबाट विद्रोह गर्ने र अन्य दल परित्याग गरि नेकपा एसमा आउनेलाई जिम्मेवारी दिने क्रममा नगर कमिटी, वडा, कमिटी र हिजोको आवद्धताका आधारमा माथिल्लो तहको कमिटीमा जिम्मेवारी दिदै सवैलाई संगठनमा गोलबन्द गरिएको बताए ।

वडा भेलामा नेकपा एसका केन्द्रिय परिषद सदस्य लक्ष्मण चौधरी, सुनसरी उपाध्यक्ष सिताराम पराजुली, नगर अध्यक्ष चन्द्र मगर, सचिव पुष्प राजधाी, नेकपा एसका नेता गोकुल थापा सुनसरी सदस्य सोम राईलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्