विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ५, सुनसरीमा ४, झापामा २ र इलाममा १ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ४ र मिक्लाजुङमा १, सुनसरीको इटहरीमा ३ र स्थानीय तह नखुलेका १, झापाको भद्रपुर र झापा गाउँपालिकामा १–१ र इलामको इलाम नगरपालिकामा १ जनामा संक्रमण देखिएको हो ।
प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १०२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्