नेकपा एसको संगठनमा सुनसरीका मधेशी मुस्लिम समुदायको लहर

नेकपा एसको संगठनमा सुनसरीका मधेशी मुस्लिम समुदायको लहर

इनरुवा । सुनसरीको मधेशी तथा मुस्लिम बाहुल जनसंख्या रहेको दक्षिणवर्ती क्षेत्रमा संगठन विस्तार अभियान चलाएको नेकपा एसमा मधेशी, मुस्लिम समुदाय अगुवाहरु संगठित हुने लहर चलेको छ ।

सुनसरीको भारतीय सिमावर्ती क्षेत्रमा रहेका गाउँपालिकामा संगठन विस्तारमा जुटेको नेकपा एसको पालिका तह र वडा तहको कमिटीमा मधेशी र मुस्लिम समुदाय ठुलो संख्यामा पदाधिकारी सहितका पदमा संगठित हुने लहर चलेको हो ।

राजनितिक रुपमा असंगठित रहदै आएका मधेशी मुस्लिम समुदायका अगुवाहरु नेकपा एसको अभियान सञ्चालनपछि जागरुक हँुदै सुनसरीको दक्षिणवर्ती सीमा क्षेत्रमा रहेका ५ वटा गाउँपालिकामा दैनिक हुने वडा तथा टोल भेलामा अगुवाका साथै महिलाको सहभागिता समेत उल्लेखनीय रुपमा हुने गरेको छ ।

नेकपा एस सुनसरी लोकतान्त्रिक मधेशी संगठनमा इन्चार्ज राजकुमार कुसियैतका अनुसार विगतमा कम्युनिष्ट पार्टीमा संगठित हुने मधेशी मुस्लिम समुदायको संख्या न्युन रहँदै आएको थियो । तर, हाल अधिकाशं टोल बस्तीमा नेकपा एसमा समाहित हुनेहरुको संख्या ठुलो रहेको छ । दक्षिणवर्ती क्षेत्रमा नेकपा एस मधेशी र मुस्लिम समुदायका माझमा लोकप्रिय दल बन्न पुगेको छ ।

नेकपा एसका सुनसरी उपाध्यक्ष रामचन्द्र मटियैतले नेकपा एसको केन्द्र, प्रदेश, जिल्ला र पालिका तहको कमिटीहरुमा पदाधिकारीदेखि तलसम्म समावेशी सहभागिता सुनिश्चित गरिएकाले मधेशी र मुस्लिम समुदायका बिचमा पार्टीमा नेतृत्व र कमिटीमा बस्ने लहर चलेको बताए ।

उपाध्यक्ष मटियैतले भने दक्षिणवर्ती क्षेत्रमा रहेका बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा–नरसिंह, कोशी गाउपालिकामा दैनिक वडा र टोल तहमा हुने भेलामा समावेशी प्रतिनिधित्वका साथै नेतृत्व चयनमा समेत बढदो सहभागिताले मधेशी मुस्लिम समुदायमा लहर चलेको बताए ।

यसैगरि कोशी गाउपालिका ६ नं. वडामा रामनारायण अरगरिया अध्यक्ष रहेको ७५ सदस्य वडा कमिटी गठन गरिएको छ । वडा भेलाबाट कमिटीको उपाध्यक्षमा सुगावती देवी यादव, अनिल मटियैत, सचिवमा दिनेशप्रसाद शर्मा र उपसचिवमा सन्तोष अरगरिया तथा श्यामविलास सिंह चयन भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्