विराटनगरमा ७ सहित प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा ७ सहित प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ र ४८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा ७, लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी र रतुवामाईमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१,झापाको दमक, मेचीनगर र बिर्तामोडमा १–१, पाँचथरको हिलिहाङ र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्