नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–१ पूर्व शान्ति टोलबाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का २१ बर्षीय अबि शेख रहेका छन् । उक्त स्थानबाट लागुऔषध ब्राउनसुगरको ओसारपोसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी अनारमनीबाट खटिएको प्रहरी टोलीले उनलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषध सहित आईतबार बेलुकी ७ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका शेखको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्