चन्द्रनिगाहपुरमा चार मेगावाटको सौर्य विद्युत् आयोजना तयार

चन्द्रनिगाहपुरमा चार मेगावाटको सौर्य विद्युत् आयोजना तयार

विराटनगर । प्रदेश २ को रौतहटस्थित चन्द्रनिगाहपुरमा चार मेगावाट विद्युत् उत्पादन गर्ने सौर्य विद्युत् आयोजना तयार भएको छ ।

अपि पावर कम्पनी लिमिटेडले सञ्चालनमा ल्याएको यस आयोजनाको डिजाइन, उपकरण आयात, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपाल कम्पनीले गरेको हो । कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञाहरूको अवरोध भए पनि आयोजना तोकिएको चार महिनाभित्रै तयार भएको कम्पनीले दाबी गरेको छ ।

आयोजनाको विद्युत ३३ केभी प्रसारण लाइनमार्फत तीन किलोमिटर दूरीमा रहेको चन्द्रनिगाहपुर सबस्टेसनमा जोड्ने तयारी भएको छ । यो नेपालमा निजी क्षेत्रले सञ्चालनमा ल्याएको र ग्रिडसँग जोडिएको तेस्रो सौर्य विद्युत् आयोजना हो । यसअघि लुम्बिनि प्रदेशको बुटवल र प्रदेश २ को धनुषामा रहेका आयोजनाहरू ग्रिडमा जोडिएका थिए ।

आयोजनाले उत्पादन गरेको विद्युत आगामी २५ वर्षसम्म प्रतियुनिट सात रुपैयाँ ३० पैसामा नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ । कम्पनीले १२ बिघा क्षेत्रफलमा चार सय वाटका ११ हजार एक सय १२ वटा सौर्य प्यानल राखेर विद्युत् उत्पादन गर्न आयोजना निर्माण गरेको हो । यो आयोजनाले वार्षिक ६९ दशमलव २५ गिगावाट घन्टा विद्युत् उत्पादन गर्नेछ । मासिक पाँच लाख युनिटसम्म विद्युत् उत्पादन हुनेछ ।

कुशल प्रोजेक्ट नेपाल प्रालिका प्रबन्ध निर्देशक सन्दिप अग्रवालले यो नयाँ सौर्य ऊर्जा प्लान्टले नवीकरणीय ऊर्जा उत्पादनमा नयाँ कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्