विराटनगरमा १० सहित प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा १० सहित प्रदेश १ मा २७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश नं. १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ ।

४२३ जनाको पीसीआर र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः २५ र २ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा ४, झापामा ३, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा १–१, सुनसरीको इटहरीमा २, धरान र रामधुनीमा १–१, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५ महिला र ६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १३५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्