विवादको दिगो समाधानका लागि न्यायिक समितिको भुमिका महत्वपुर्ण : उपाध्यक्ष बानु

विवादको दिगो समाधानका लागि न्यायिक समितिको भुमिका महत्वपुर्ण : उपाध्यक्ष बानु

विराटनगर । धनपालथान गाँउपालिकाकी उपाध्यक्ष नसिमा बानुले न्यायिक समिति सफल हुनुमा गाँउपालिकाका वडाध्यक्ष र मेलमिलापकर्ताहरुको अहम भुमिका रहेको बताएकी छन् ।

धनपालथान गाँउपालिकाद्वारा आयोजित न्यायिक समिति तथा मेलमिलापकर्ताहरुका लागि दुईदिने क्षमता अभिवृद्धि सम्बन्धी तालिमको समापन कार्यक्रममा बोल्दै उनको यस्तो भनाई आएको हो । उनीले न्यायिक समिति सञ्चालन र कार्यान्वयनमा मुख्य भुमिका निर्वाह गर्ने मेलमिलापकर्ताहरुको अहम सहयोगले मात्र समिति सफल बताईन् । उनीले धनपालथानको ७ वटै वडाका मुद्दाहरु एक्लै हेर्न कठिन भएको अवस्थामा वडाध्यक्षहरुको गरेको सहयोग फलदायी साबित भएको जानकारी दिर्ईन् । उनीले वडाध्यक्षहरुलाई धन्यवाद समेत ज्ञापन गरिन् ।

गाउँपालिकाद्धारा आयोजित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रममा एडभोकेयर ल फर्मका अधिवक्ता बिमल गौतमले मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । तालिममा विवाद समाधानका लागि आवश्यक पर्ने सीप, मेलमिलाप स्थापनाका विभिन्न चरण, सहमतिको अवस्था, आचारसंहिताको पालना र सामाजिक न्यायका सम्बन्धमा सैद्धाान्तिक र प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो । तालिमको समापन कार्यक्रममा बोल्दै धनपालथान गाँउपालिकाका वडा नं. ५ का अध्यक्ष गयानन्द सरदारले मेलमिलापको माध्यमबाट वादी र प्रतिवादी दुवै पक्षले न्यायको अनुभुति गर्दे आएको अनुभव सुनाए ।

उनले न्यायको स्थापना र विवादको दिगो समाधानका लागि न्यायिक समितिको भुमिका महत्वपुर्ण रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्