नारायणी डेभलपमेन्ट बैंक चितवनको २० औं बार्षिक साधारणसभा सम्पन्न

नारायणी डेभलपमेन्ट बैंक चितवनको २० औं बार्षिक साधारणसभा सम्पन्न

विराटनगर । नारायणी डेभलपमेन्ट बैंक चितवनले आफ्नो २० औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

पौष २९ गते भौतिक तथा भर्चुअलको माध्यमबाट बैंकले सौराहास्थित होटल सेन्ट्रल पार्कमा साधारणसभा सम्पन्न गरेको हो । बंैकका अध्यक्ष रामप्रसाद रोपाखेतीको अध्यक्षतामा साधारणसभा सम्पन्न गरिएको जनाईएको छ । संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक बर्षभित्र पुरा गर्ने लक्ष्यका साथ साधारणसभा सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

सभाले आर्थिक बर्ष २०७७/०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । सभाले चालु आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षकको नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरि आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा भने बैंकका अध्यक्ष रोपाखेतीले बैंकलाई समस्याग्रस्त अवस्थाबाट मुक्त गराई हालको अवस्थामा ल्याउन सहयोग पुर्याउने सम्पुर्र्ण शेयरधनी, कर्मचारी तथा टीमलाई धन्यवाद समेत दिए ।

बैंकको केन्द्रिय कार्यालय भने चितवनको रत्ननगर–१ स्थित टाँडीमा रहेको छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्