विराटनगरमा ११३ सहित प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा ११३ सहित प्रदेश १ मा ३२० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । ५८९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४८ जनामा संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२९, सुनसरीमा १११, झापामा १९, धनकुटामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ११३, बुढीगंगामा ८, रंगेली र सुन्दरहरैचामा २–२, ग्रामथान, उर्लाबारी, कटहरी र पथरीशनिश्चरेमा १–१, सुनसरीको धरानमा ८७, इटहरीमा १४, रामधुनीमा ४, दुहवी र हरिनगरमा २–२, इनरुवा र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुुरमा ५, विर्तामोडमा ३, मेचीनगरमा २, बुद्धशान्ति, अर्जुनधारा, बाहृदशी, दमक, गौरादह, झापा गाउँपालिका र स्थानीयतह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ९ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्