मुनाल र गोपीनाथ पुस्तकालय विजयी

मुनाल र गोपीनाथ पुस्तकालय विजयी

विराटनगर । मोरङ जिल्ला स्तरीय ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय विजयी भएको छ । मोरङ जिल्ला फुटबल संघले विराटनगरमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा मुनालले त्रिवेणी वाचनालयलाई १–० गोल अन्तरमा पराजित गरेको छ । जितसँगै मुनाललाई ३ अंक प्राप्त भएको छ ।

निकै प्रतिष्पर्धात्मक रहेको खेलको ३५ औं मिनेटमा आशिष राईले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच आशिष घोषित भए ।
जिल्लाका ६ वटा ‘बि’ डिभिजन क्लबको सहभागिता रहेको छ । ‘क’ क्षेत्रको विराटनगर र ‘ख’ क्षेत्रको बेलबारी गरी दुई क्षेत्रमा ३–३ वटा क्लबले खेल खेल्ने छन् । यस प्रतियोगिताको दुवै क्षेत्रका विजेता टोली ‘ए’ डिभिजनमा जाने छ ।
प्रतियोगितामा मुनाल मनोरञ्जन तथा गोपीनाथ पुस्ताकालय, त्रिवेणी वाचनालय, रानी युवा क्लब, चारतारे स्पोर्टिङ क्लब, एम्ब्रियो फुटबल क्लब र रमाइलो फुटबल क्लबको सहभागिता रहेको छ । मंगलबार मुनाल र रानी युवा क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्