हेल्थ प्रोफेसनले बाँड्यो न्यानो लुगा

हेल्थ प्रोफेसनले बाँड्यो न्यानो लुगा

विराटनगर । लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेशनलले आईतबार मोरङको झोराहाटस्थित रवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो लत्ताकपडा वितरण गरेको छ ।

लायन्सका संस्थापक मेल्भिन जोनका सम्झनामा हेल्थ प्रोफेशनलले आईतबार ग्रामथान–२ स्थित उक्त विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरेको हो । लायन्स अन्तराष्ट्रिय ३२५ ए वानका गभर्नर रेवतबहादुर कार्कीद्वारा आव्हान गरिएको सप्ताहव्यापी ‘सर्भिस विक’ कार्यक्रमको अन्तिम दिन हेल्थ प्रोफेशनलले न्यानो कपडा वितरण गरेको अध्यक्ष प्रमोद चौधरीले बताए । रवी आधारभुत विद्यालयमा गरिब तथा विपन्न वर्गका दलित विद्यार्थीहरु मात्रै अध्ययन गरिरहेकाले सहयोगका लागि सो विद्यालय छनौट गरिएको उनले जानकारी दिए ।

आईतबार हेल्थ प्रोफेशनलले एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई स्वेटर हस्तान्तरण गरेको थियो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, उपाध्यक्षहरु डा. सुनिल रेग्मी तथा अनिल शर्मा, सचिव प्रमोद साह र विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदार सहित विद्यालय विकास समितिका सदस्य तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्