एकतर्फी प्रेम !

एकतर्फी प्रेम !

आज फेरी देखें तिमिलाई
त्यहि बेन्चको कुनामा
सधैं झैं हेरिरहुँ लाग्यो
उभिएर त्यहि ठाउँमा ।

हेरिरहेछु तिमिलाई मैले
मौन भई संसार बिर्सिएर
लोलाएका ति तिम्रा नयन
हेर्यौ मलाई फर्किएर ।

आत्तिएर भाग्न खोजें
सकिन मनले मानेन
हेरिरहें ति तिम्रा आँखा
निशब्द भएँ, बोल्न जानिन ।

यो पललाई म बयान गरुँ कसरी ?
बतासमा सुगन्ध मिसिन्छ जसरी,
याद तिम्रो मधुर आवाजको
आउँछ अझै निदाउने नदिने गरी ।

फिरायौ नजर तिमिले
केहि, म बोल्न सकिन
डुब्न मन त थियो तिम्रो मुहारमा
तर, परिस्थिति थियो त्यस्तै, संभव भएन ।

सम्हालिएर निस्किएँ त्यहाँबाट
सोच्दै नानाथरी कुराहरु
के, भित्र त्यो तिम्रो मुटुमा
लुकेका छन्, मेरा लागि भावहरु ?

कस्तो अनौठो भावना यो
आकर्षण भनुँ की चाहना ?
डुल्छ मन तिम्रो अघिपछि
होला र, यो एकतर्फी माया ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्