विराटनगरस्थित कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने

विराटनगरस्थित कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने

विराटनगर । प्रदेश नं. १ सरकारद्वारा सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रबन्ध मिलाएको छ ।

सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने गरि प्रबन्ध गर्नका लागि बुधबार मन्त्रालयमा अक्सिजन आपुर्तिकर्ताहरुसँग छलफल गरेका छन् । मन्त्री यादवले मारुती, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिहरुसँग छलफल गरेका हुन् । आपुर्तिकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी थिए । आपुर्तिकर्ताहरुले अक्सिजनका खाली सिलिण्डरहरु समयमै उपलब्ध गराईदिनुपर्ने बताएका थिए ।

प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ वेड विस्तार गरेको छ । यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्