पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोलको नयाँ मुल्य १३९ रुपैयाँ प्रतिलिटर

पेट्रोलियम पदार्थको मूल्य वृद्धि : पेट्रोलको नयाँ मुल्य १३९ रुपैयाँ प्रतिलिटर

विराटनगर । नेपाल आयल निगमले पुनः एकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आयल निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १३९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १२२ रुपैयाँ कायम हुने भएको छ । निगमले आन्तरिक हवाई इन्धनमा ५ रुपैयाँले मुल्य वृद्धि गरेको छ । अब, आन्तरिक हवाई इन्धनको मुल्य १०६ रुपैयाँ प्रतिलिटर पुगेको छ । अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ । एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको छ । समायोजन पश्चात पनि भारतभन्दा नेपालमा नै मूल्य सस्तो भएको निगमले जनाएको छ ।

अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको हुँदा निगमलाई पेट्रोलमा प्रति लिटर १३.१८ रुपैयाँ, डिजेलमा ८.८१ र ग्याँसमा ६४६.१६ रुपैयाँ घाटा रहेको जनाएको छ । १५ दिनमा नै निगमले २ अर्ब २४ करोड घाटा हुने स्थिति देखिएको निगमको भनाई छ । ६ महिनामा १२ पटक नयाँ मूल्य प्राप्त गर्दा पनि आफूहरुले ३ पटक मात्र मूल्य समायोजन गरेको निगमको दाबी छ । आगामी जनवरी २३ मा तेल खरिद बापत भुक्तानी गर्न निगमलाई झण्डै २ अर्ब रुपैयाँ नपुग हुने स्थिति देखिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्