मोरङ स्ट्रेन्च लिफ्टिङ्ग एशोसिएशन अध्यक्षमा नवनित प्रधान

मोरङ स्ट्रेन्च लिफ्टिङ्ग एशोसिएशन अध्यक्षमा नवनित प्रधान

विराटनगर । मोरङ स्ट्रेन्च लिफ्टिङ्ग एशोसिएशनको अध्यक्षमा नवनित राज प्रधानलाई चयन गरिएको छ । द गोल्ड जीम विराटनगरको रोहबरमा एशोसिएशन गठन गरिएको हो ।

यसको वरिष्ठ उपाध्यक्षमा दिपक तिम्सिना, उपाध्यक्ष श्रीजन प्याकुरेल, सचिव गोकुल कार्की, सह–सचिव आशिष श्रेष्ठ र कोषाध्यक्ष सुमन राजबंशीलाई चयन गरिएको छ ।

यसैगरी सदस्यहरुमा राजनराज पौडेल, प्रफुल गुरुङ्ग, अनिष श्रेष्ठ, अरुण कार्की, एडोनिस श्रेत्री, विराज रायमाझी, मनिस श्रेष्ठ, सुविनराज प्रधान र सुनिल मुखिया छन् । समितिका सचिव कार्कीका अनुसार संघको पाँच सदस्यीय सल्लाहाकार समिति समेत गठन गरिएको छ । प्रविण राना मगर, इन्द्रराज भण्डारी, इश्वरलाल उदास, शिवु मुखिया र कविन श्रेष्ठलाई सल्लाहाकारमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्