सामाजिक विकास मन्त्री यादवले गरे खोप केन्द्रको अनुगमन

सामाजिक विकास मन्त्री यादवले गरे खोप केन्द्रको अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरका वडाहरुमा सञ्चालित खोप केन्द्रहरुको अनुगमन गरेका छन् ।

कोभिड १९ विरुद्धको खोप सञ्चालन भईरहेका वडाहरुमा पुगेर मन्त्री यादवले खोप केन्द्रहरुको अनुगमन गरेका हुन् । मन्त्री यादवले विराटनगरको १३, १४, १७ र १८ नम्बर वडाका खोप केन्द्रहरुमा पुगेर अनुगमन गरेका हुन् । उनले लक्षित वर्गहरुले खोप पाए÷नपाएको अवस्थाबारे खोप केन्द्रका स्वास्थ्यकर्मीहरुसँग जानकारी लिए । उनले लक्षित वर्गहरुबाट खोप नपाएको भन्ने गुनासो नआउने गरि काम गर्न निर्देशन समेत दिए । उनले भने,‘ खोप केन्द्रमा आएका कुनैपनि व्यक्ति खोप नपाएर फर्कनु नपरोस् ।’

मन्त्री यादवले स्वास्थ्य मापदण्डको पालना गरि खोप लगाउन र अनावश्यक भीडभाड नगर्न आग्रह गरे । उनले भने, ‘कसैको निर्देशनमा भन्दा पनि खोप केन्द्रमा आएका व्यक्तिहरुलाई पालैपालो खोप लगाईदिनुहोस् ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्