इन्टरनेट गुणस्तर बढाउन देशभरका ग्राहकको अप्टिकल सिग्नल बढाउँदै वर्ल्डलिङ्क

इन्टरनेट गुणस्तर बढाउन देशभरका ग्राहकको अप्टिकल सिग्नल बढाउँदै वर्ल्डलिङ्क

विराटनगर । देशकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसनले इन्टरनेटको गुणस्तर बढाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

वर्ल्डलिङ्कले पुराना फाईबर केवल परिवर्तन तथा नेटवर्क मर्मत गर्दै गुणस्तरीय इन्टरसेवा प्रवाह गर्ने कार्यलाई पुर्णता दिन लागेको हो । अप्टिकल पावर लेभल र वायरलेस सिग्नलका कारण इन्टरनेटको गुणस्तरमा उत्पन्न हुने समस्या समाधानमा वर्ल्डलिङ्कले बिशेष ध्यान पुर्‍याएको छ । उपभोक्ता माझ इन्टरनेटको उत्कृष्ट कभरेजका निम्त्ति वर्ल्डलिङ्कले अन्य सिग्नलसँगको ईन्टरफेयर समेत समाप्त पार्ने बिषयमा ध्यान दिएको जनाएको छ ।

केही दिनयता मात्र कम्पनीले ग्राहकहरुको इन्टरनेट स्पिड ५० एमबिपिएस देखि अपग्रेड गरेर ३०० एमबिपिएसमा पुर्‍याएको छ । इन्टरनेट स्पिड पाँच गुणासम्म अपग्रेड गरेको वर्ल्डलिङ्कले ग्राहकहरुको वायरलेसमा हुने इन्टरफेयरको समस्या समाधान गर्न डुअल ब्याण्ड ५ गिगाहर्जको राउटर प्रदान गर्दै आईरहेको छ । कम्पनीले भने वायरलेस कभरेजको समस्याको समाधानका निम्त्ति नोकियाको मेस वाईफाइ सोलुशन समेत प्रदान गर्दै आएको छ ।

फाईबर नेटवर्कमा गरिएको सुधारसँगै ९० प्रतिशतभन्दा धेरै ग्राहकको घरमा अप्टिकल पावर लेभल–२४ डिबीएसभन्दा बढाईएको जनाईएको । निकटतम भविष्यमा ९५% भन्दा ग्राहकको अप्टिकल सिग्नलको क्षमता अपग्रेड हुने कम्पनीले जानकारी दिएको छ ।

केही समय अघिदेखि मात्रै नेट टिभीसँगको सहकार्यमा नेपालमा पहिलो पटक एण्ड्रोइडद्वारा मान्यता प्राप्त अनलाईन टेलिभिजन सेवा उपलब्ध गराउँदै वर्ल्डलिङ्कले ५ लाखभन्दा बढी ग्राहक सहित नेपालको ४३% इन्टरनेट ट्राफिक बहन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्