चेतना संरक्षण प्रतिष्ठानद्वारा साहित्यकारसहित आधा दर्जन पुरस्कृत

<span class='c1'>चेतना संरक्षण प्रतिष्ठानद्वारा साहित्यकारसहित</span> <span class='c2'>आधा दर्जन पुरस्कृत</span>

विराटनगर । विराटनगरस्थित चेतना संरक्षण प्रतिष्ठानले साहित्यसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित पुरस्कृत गरेको छ । काठमाडौंभन्दा बाहिर एउटै संस्थाले सबैभन्दा बढी राशिको पुरस्कार चेतना प्रतिष्ठानले प्रदान गर्दै आएको छ ।

प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा समाजसेवी हरिभक्त सिटौलाद्वारा आफ्ना बुवा–आमाको नाममा स्थापित ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ वरिष्ठ साहित्यकार प्रा.डा. माधवप्रसाद पोखरेललाई समर्पण गरिएको छ । उहाँलाई १ लाख १ हजार नगद र सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै ५१ हजार राशिको समाजसेवी देवेनरा परिवारद्वारा आफ्ना मातापिताको नाममा स्थापित ‘बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म–संस्कृति चेतना पुरस्कार’ प्रा.डा. प्रेम खत्री (काठमाडौं)लाई प्रदान गरियो । समाजसेवी दीनबन्धु गोयलद्वारा आफ्ना दाजुको नाममा स्थापित ५१ हजार राशिकै ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ समाजसेवी मदन राई र राधिका दासीलाई प्रदान गरिएको थियो । राईलाई गत वर्षको पुरस्कार प्रदान गरिएको हो ।

त्यस्तै समाजसेवी दिनेश सुवेदीद्वारा आफ्ना भाइको नाममा स्थापित ‘नरेश सुवेदी पत्रकारिता चेतना पुरस्कार’ बनारसबाट प्रकाशित हुने ‘उदय’ साहित्यिक पत्रिकाका प्रधानसम्पादक तथा प्रकाशक दुर्गाप्रसाद श्रेष्ठ (बनारस भारत) लाई समर्पण गरिएको थियो । सो पुरस्कार राशि पनि ५१ हजार नै रहेको छ । त्यस्तै साहित्यकार गङ्गा सुवेदीद्वारा आफ्ना आमाबुवाको नाममा स्थापित ५१ हजार राशिको ‘भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार विजय थापा (नवलपरासी) लाई र. साहित्यकार केदार सत्याल र श्रीमती मञ्जु सत्यालद्वारा स्थापित ५१ हजार राशिको ‘केदार–मञ्जु सत्याल बाल चेतना पुरस्कार’बाट बालकलाकार प्रितम आचार्य (सुनसरी) लाई प्रदान गरिएको थियो । सबै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१ का प्रमुख पर्शुराम खापुङ, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, पुरस्कारका संस्थापक हरिभक्त सिटौला, दीनबन्धु गोयल, देवकिशन मुन्दडा, मञ्जु सत्याल, दिनेश सुवेदीलगायतले टीका, माला, खादा लगाएर नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख खापुङले भाषा साहित्य र संस्कृतिको विकास बिना मुलुकको समग्र विकास नहुने बताए । उनले चेतनाले समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिलाई पुरस्कृत गरेर प्रदशंनीय कार्य गरेको उल्लेख गरे । २०६१ साल साउन ११ गते स्थापित प्रतिष्ठानले समाजमा चेतना जगाउने काम गरिरहेको अध्यक्ष प्राज्ञ गंगा सुवेदीले बताइन् । उनले संस्थाको उन्नति र प्रगतिका लागि सबैको साथ र सहयोग रहँदै आएको उल्लेख गर्नुभयो । समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्न पाउँदा गौरवको महसुस भएको उउनको भनाइ थियो ।

कार्यक्रममा पुरस्कृत बालकलाकार प्रितम आचार्यले गीत प्रस्तुत गरे । कार्यक्रममा पुरस्कृत स्रष्टासहित वरिष्ठ साहित्यकार दधिराज सुवेदी, प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईं, सदस्य दिनेश सुवेदी, अञ्जना कट्टेल सुवेदी, निर्मला कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । प्रतिष्ठानले ‘चेतना सन्देश’ साहित्यिक पत्रिकासमेत प्रकाशित गर्दै आएको छ । साथै मकालु टेलिभिजनसँगको सहकार्यमा साप्ताहिक कार्यक्रम ‘चेतना प्रवाह’ पनि विगत ९ वर्षदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्