हेप्पी भ्यालेन्टाइन डे डियरलाइफलाइन

हेप्पी भ्यालेन्टाइन डे  डियरलाइफलाइन

चन्द्र पौडेल
विराटनगर । प्रेमदिवस अर्थात् भ्यालेन्टाइन डे भन्ना साथ प्रेम जोडीहरुका लागि महत्त्वपूर्ण दिनको रुपमा हेरिन्छ ।

जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरि १४ फेब्रुअरीमा संसारभरिकै जोडीहरुले एकअर्काबिच प्रेम साटासाट गरेरयो दिवस मनाइने गरिदैं आएको छ । भ्यालेन्टाइन डे किन मनाइन्छ थाहा छ तिमिलाई ?आजकै दिन प्रेम प्रस्ताव राख्नुको कारण र महत्व थाहा छ तिमिलाई ?यदिथाहा छैन् भने सुन,भ्यालेन्टाइन डे इस्वी संवत् २६९ बाट इटालीको रोमबाट सुरु भएको हो ।

तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइनको इतिहास सम्झनु पर्दा रोममा क्याउडियस द्धीतिय नाम गरेका सम्राटले शासनचलाउ“थे । उनकोसोचाईमा सैनिकहरुले प्रेम र विवाहगर्दा गोप्य सुचनाहरु बाहिरिन सक्ने हुनाले, सैनिकहरुलाई प्रेम र विवाह गर्नबाट प्रतिबन्ध,बर्जित लगाएकाथिए । तर पादरी सन्तभ्यालेन्टाइनलाई भने सैनिकहरुलाई शारीरिक संवेगबिहिनबनाएर राख्ने कुरा पटक्कै चित्त बुझेन र उनले धेरैलाई प्रेम र विवाह गर्न उत्प्रेरित भने कतिको त सामुहिक विवाह समेत गराई दिएका थिए । यहि निषेधाज्ञा तोडेका कारण त्यहाँका शासक क्लाउडियसले भ्यालेन्टाइनलाई जेलमाहाले र पछि मृत्युदण्ड दिएका थिए । त्यसपछि उनकै सम्झनामा भ्यालेन्टाइन डे मनाईएको हो ।

प्रीय कोही कसैलाई आफ्नोले सम्झनु त जो कसैको नैसर्गिक अधिकार हो हैन् रमाया?
प्रेम कुनै धर्म, सम्पत्ति, जातजाती र भुगोलसंग जोडिनु हुदैन र जोडिदैन पनि त्यसैले होला, मैले तिमिलाई माया गरिरहेको छु । तिमिलाई त थाहापनि छैन् होला, तिम्रो सम्झनाको बाछिाले मेरो हृदय भिजिरहेका हुन्छ आजभोली । म भौगोलिक रुपमा तिमिभन्दा टाढा भएपनि तिम्रो समिपमै छु झै महशुस भईरहन्छ । म जहाँगएपनि रहेपनि मेरो यात्राको सहारा र सहयात्रीतिम्रो याद नै बनिरहेको हुन्छ आजभोलि । मानसपटलमा आइरहने धेरै कुराहरु मध्ये तिम्रो यादनिकै प्रष्ट भएर आइरहेको हुन्छ । बुझेउ? तिमिलाई माया गर्छु भन्छु भनेर तिम्रो नजिक जान पनि सक्दिनम, किन कि तिमि म भन्दानिकै टाढा छौं । कहिले त लााग्छ, मैले तिमिलाई माया गर्ने पुर्वाआधारहरु पुरा नभएर पनिहिम्मत् पो नआको हो कि ?

भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममयदिनहो । प्रेमअक्सीजनजतिकै हो । यो एकदमै अनियंत्रितपनि हुन्छ । कसैलाई यति र उतिमात्र प्रेम गर्छु भन्दा पनि कुतहुदैन् प्रेम गर्नका लागिकुनै सीमितता छैन् यो त एउटा बाच्ने आधारशिला हो । जीवनमा आफुलाई प्रेम गर्नेहरु र आफुले प्रेम गरिनेहरु भएन् भने जिउनुको कुनै सार्थकता हुदैन्थ्यो होला ।

प्रेमदुई विपरित लिङ्गबिचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसगँ हुन्छ, आफ्ना प्रियजनहरुसँग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिस मात्र नभएर हरेक प्राणीलाई एक किसिमको बाच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमीका वा प्रेमीलाई वर्षौ आट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन् । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ । पछिल्लो समयमा युवायुवतीहरुमा एक प्रकारको विकराल रुपहरु पनि देखा पर्न थालेको छ । पवित्र प्रेम सम्बन्धको दुरुपयोग हुदै गएको छ । शारीरिक सम्बन्धको लागि प्रेम गर्ने,जर्बजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने,कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जानेविभिन्न अनैतिक क्रियाकलापमा संलग्नहुने, क्षणिक आनन्दमा मोज मस्ती गर्ने जस्ता विकृतिहरु देखिदैछन् । हो कुनै पनिपर्व मनाउनु नराम्रो त हैन् तर त्यो पर्वलाई कसरी हामीले मनाइरहेका छौ भन्नेमा भर पर्छ । हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो । यो संस्कृतिको केहि राम्रो पक्ष भएपनि अहिलेका आधुनिक युवा पुस्तामा एकदमै विकृति फैलिएको देखिन्छ । यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङ्गति भित्राएका छन् ।

प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केहि राम्रो पक्ष भए पनि अहिलेका आधुनिक युवा पुस्तामा एकदमै विकृति फैलिएको देखिन्छ । यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङ्गति भित्राएका छन् । आखिर माया गर्नेहरुका लागि त सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौं युवापुस्ताको जीवन नरकीयबनाएको छ । उनीहरुमा एक अर्कोमा देखासिकीको प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरे संगै आज हाम्रा मुल्यमान्यता, संस्कृति र परम्परा खण्डित भइरहेको छन् । आधुनिकता र देखावटीपनको चकचकी बढ्दो छ माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । गर्लफ्रन्ड र ब्याइफ्रन्ड बनाउने त फेसन नै चलेको छ ।

प्रेमले जीवनमा सन्तुलन, सन्तोष र तृप्ति ल्याउँछ रे । त्यसैले पनि मैले तिमिलाई माया गरिरहेको छु, हिमाली जडीबुटी जस्तै अगार्निक माया, तिमिपनिसधै यसरी नै गरिरहनु है माया । तिमिलाई एउटा कुरा भनि हाल्छु, माया त जीवनको इन्द्रधनुष जस्तै हुनुपर्छ, जहा“ जीवनका सम्पूणर् रङ्गहरु समाहितहुन सकोस्, हो मैले तिमिलाई त्यस्तै माया गरिरहेको छु । यस्तो लाग्दै छ आजभोलि त यो मौसम त तिम्रो मेरो लागि मात्र हो । तिमिलाई माया गरेदेखि मलाई दिनमात्र हैन रात पनिनिकै सुन्दर लााग्छ ।

आऊ हामी माया गरौं प्रेम गरौं, बिकृतिलाई हटाएर अपार उल्लास र उत्साहका साथ प्रणय दिवस अर्थात भ्यालेन्टाइन डे मनाऔं र प्रेमको सम्मान गरौं । “ह्राप्पीभ्यालेन्टाइन डे ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्