एमसीसीको विरोधमा प्रर्दशन : प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

एमसीसीको विरोधमा प्रर्दशन : प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्न लागेको भन्दै काठमाडौंमा बुधबार बृहत्त प्रदर्शन भएको छ ।

एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलहरुले नयाँ बानेश्वरस्थित संघीय संसद आसपासका क्षेत्रमा प्रर्दशन गरेका हुन् । एमसीसीको विरोधमा माईतीघर मण्डलादेखि सुरु भएको नाराजुलुसका क्रममा प्रहरी र प्रर्दशनकारीबिच झडप समेत भएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ ।

झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्