मोरङका सागर उत्कृष्ट पुरुष बक्सर

मोरङका सागर उत्कृष्ट पुरुष बक्सर

विराटनगर । सुनसरीको धरानमा ३ दिवसीय वीर गणेशमान सिहं १ नं. प्रदेश स्तरीय "नोभिस बक्सिङ च्याम्पियनसिप-२०२२" सम्पन्न भएको छ ।

फाल्गुन ५ गतेदेखि आयोजना गरिएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सुनसरी जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा प्रदेशभरिका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ फ्लाई ५१ केजी तौल समुहमा मोरङका सागर यादव स्वर्ण पदक जित्न सफल भए । महिलातर्फ लाइट ५० केजी तौल समुहमा मोरङकी बबिशा अधिकारी रजत पदक जित्न सफल भईन । यसैगरी प्रतियोगितामा ५४ केजी तौल समुहमा मोरङकै दिपेश देउजा कास्य पदक जित्न सफल भए ।

प्रतियोगिताको उत्कृष्ट पुरुष बोक्सर भने सागर यादव हुन सफल भए । उनले मेडल सहित रु. ५००० को नगद पुरस्कार समेत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्