धरानस्थित होटल न्यू कान्तिपुरमा मृत फेला परेकी महिलाको हत्यामा संलग्न पक्राउ

धरानस्थित होटल न्यू कान्तिपुरमा मृत फेला परेकी महिलाको हत्यामा संलग्न पक्राउ

विराटनगर । सुनसरीको धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड लजमा गएको फाल्गुण १७ गते मृत फेला परेकी महिलाको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लजको कोठा नम्बर १०९ मा मृत फेला परेकी महिलाको सनाखत भएसँगै प्रहरीले उनको हत्यामा संलग्न धनकुटाको पाख्रीबास नगरपालिका ६ का २४ बर्षीय जीवन भनिने बिनेश रानालाई पक्राउ गरेको हो । फाल्गुन १७ गते बिहानको ७ बजे होटलको कोठामा १ जना महिला मृत रहेको भन्ने जानकारी पाएसँगै इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीको टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रममा महिलाको पहिचान खुलेको थियो । महिला पाँचथरको मिक्लाजुङ गाउँपालिका १ घर भई ईटहरी-५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो । महिलाको पहिचान भएपछि खोजतलासको क्रममा प्रहरीले हत्यामा संलग्न रानालाई फाल्गुन २१ गते बेलुका धनकुटाको पाख्रिवास ११ बाट पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका रानाको घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्