गुरुकुलमा महिला दिवस : जीवन भोगाई र जोडदार कविता

गुरुकुलमा महिला दिवस : जीवन भोगाई र जोडदार कविता

विराटनगर । महिला दिवसको अवसरमा मंगलबार आरोहण गुरुकुल विराटनगरमा महिलाहरुले आफ्ना भोगाइ र कविता सुनाएका छन् ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा १५ महिलाहरुले अनुभव र कविता प्रस्तुत गरेका हुन् । सो क्रममा विभेदको व्यवधान शिर्षकमा बोल्ने राजनीतिकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, गृहिणी र रङ्गकर्मी ५ महिलाले जीवन भोगाइका लैंङ्गिक विभेदसँग सम्बन्धित अनुभव सुनाएका थिए । मनुदा घिमिरे, सुशीला पाठक, शारदा थपलिया, मीना विश्वास र अङ्किता विश्वासले दैनिक व्यवहारमा भोग्ने हिंसासहितका घटना जानकारी गराए । ति अनुभवबारे अधिकारकर्मी मन्जीता उपाध्यायले प्रतिक्रिया र आफ्नो विचारसहित सम्भाषण दिनुभएको थियो । यस्तै बैजनी बिम्बहरु शिर्षकमा भएको अर्को अध्यायको कार्यक्रममा ९ जना कविले कविता प्रस्तुत गरे । राधिका गुरागाईं, रोमा निराला, टीका आत्रेय, प्रतिभा झा, शुभलक्ष्मी लम्साल, सविता भण्डारी, दीपा दाहाल, सविना श्रेष्ठ र मञ्जुश्री गिरीले कविता सुनाएका थिए ।

कार्यक्रमपछि आयोजक आरोहण गुरुकुल विराटनगरका महासचिव विवश पोखरेलले साहित्यले महिला अधिकार प्राप्तीका लागि गर्ने योगदानबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्