विराटनगरको पूर्वाञ्चल क्रिकेट एकेडेमी मिल्स कप क्रिकेटको बिजेता

विराटनगरको पूर्वाञ्चल क्रिकेट एकेडेमी मिल्स कप क्रिकेटको बिजेता

पुष्पराज थपलिया
विराटनगर । भारतको शम्सेर क्रिकेट क्बल कानपुर पराजित गर्दै विराटनगरको पूर्वाञ्चल क्रिकेट एकेडेमी विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ ।

पूर्वाञ्चलले विराटनगरस्थित जुटमिलको खेल मैदानमा आज भएको फाइनलमा कानपुरलाई ६ रनले पराजित गर्दै उपाधि जितेको होे । जितसँगै पूर्वाञ्चलले नगद १ लाख ११ हजार रुपैयाँको साथै ट्रफि हात पा¥यो । उप विजेता भएको कानपुरले नगद ५१ हजार रूपैयाँमा चित्त बुझायो ।

टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चालले निर्धारित २० ओभरमा सवै विकेट २ सय ४ रनको योगफल विशाल स्कोर खडा गरेको थियो । पूर्वाञ्चलका कप्तान तथा नेपालका पूर्व अन्तर्राष्टिय खेलाडि मन्जित श्रेष्ठले २६ बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ४६ रन बनाउँदा नेपालका अन्तर्राष्टिय खेलाडि रसिद खानले २१ बलमा ४ छक्का र ५ चौका प्रहार गर्दै ४६ रन बनाए । त्यस्तै श्रवण यादवलमा १६ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४० रन र मुकुन्द यादवले २९ रन जाडे ।

कानपुरका दिपाङसु र किशन लालले ३–३ विकेट लिँदा श्रेष्ठा मिश्राले २ विकेट लिए ।

जवाफमा २ सय ५ रनको विशाल लक्ष्य पछ्याएको कानपुरले २० ओभरमा ९ विकेटको गुमाउँदै १ सय ९८ रनमा बनायो । कानपुरका राहुल सिंहले ३९ रन बनाउँदा श्रेष्ठा मिश्राले ३० रन , हर्षित सिंहले २७ रन र कप्तान रवि राँयले २२ रनको योगदान दिए ।

पूर्वाञ्चलका जोसक खड्काले ३ विकेट लिँदा कप्तान मन्जित श्रेष्ठले २ विकेट लिए ।

फाइनल खेलको म्यान अफ द फाइनल पूर्वाञ्चलका जोसक खड्का घोषित भए । प्रतियोगिता उत्कृष्ट खेलाडि पूर्वाञ्चलका मन्जित श्रेष्ठ घोषित हुँदा उत्कृष्ट ब्याटर कानपुरका हर्षित सिंह भए । उत्कृष्ट बलर पूर्वाञ्चलका जोसक खड्का हुँदा प्रतियोगिताको उदयमान खेलाडी आयोजक टिमका अजय कुर्मी र निखिल चौधरी घोषित भए ।

प्रतियोगितामा विजेता हुने टिमहरूलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का उद्योग श्रम तथा रोजगार मन्त्री प्रताव प्रकाश हाङगाम, विराटनगर १६ का वडाअध्यक्ष मनोज सुब्बा, आयोजक समितिको अध्यक्ष मुरली चौधरीलगायतले ट्रफि तथा प्रमाणपत्र वितरण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्