झापाको बिर्तामोडमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

<span class='c1'>झापाको बिर्तामोडमा श्रीमानको</span> <span class='c2'>कुटाईबाट श्रीमतीको मृत्यु</span>

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

घटनामा संलग्न बिर्तामोड-५ बस्ने ४० बर्षीय श्रीमान कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट घाईते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराटनगर स्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकि आफन्तले बिर्तामोड स्थित माईती घर ल्याएकोमा उनको बिहिवार राती करिब १० बजे मृत्यु भएको हो ।

घटना बारेमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्