मापसे गरेर मोटरसाइकल चलाउने दुई युवाको मृत्यु

<span class='c1'>मापसे गरेर मोटरसाइकल चलाउने</span> <span class='c2'>दुई युवाको मृत्यु</span>

विराटनगर । मोरङमा सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार मोरङको ग्रामथान गाउँपालिका-१ को भित्री सडक हुँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार मोटरसाइकल दुर्घटना हुँदा कटहरी गाउँपालिका-५ का १६ वर्षीय आलोक विश्वास र ग्रामथान गाउँपालिका-१ का १८ वर्षीय रिसभ चौधरीको मृत्यु भएको छ ।

मोटरसाइकल विश्वासले चलाएका थिए । दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि विराटनगर नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्