उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नुनपर्ने

उपचार गर्न अस्पताल जाँदा पिसिआर परीक्षण गर्नुनपर्ने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पिसिआर परीक्षण गर्नु नपर्ने जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनुनपर्ने बताउनुभयो ।

यस अघि अस्पतालमा उपचारका लागि जाँदा पिसिआर परीक्षण अनिवार्य गर्नु पर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क रु.आठ सय तोेकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रुपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्