बैशाख ३ देखि धनगढीमा महिला गोल्डकप हुने, विजेतालाई ५ लाख पुरस्कार

बैशाख ३ देखि धनगढीमा महिला गोल्डकप हुने, विजेतालाई ५ लाख पुरस्कार

धनगढी । नयाँ बर्षको अवसर पारेर धनगढीमा सुदूरपश्चिम प्रदेश प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब (बिवाइसी) महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गोल्डकप आयोजना गरिने जनाएको हो । यही बैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थित रंगशालामा गोल्डकपको आयोजना गरिने प्रतियोगिता संयोजक दुर्गा अधिकारीले बताए । उनले नेपाल बाहेक भुटान र भारतबाट समेत महिला टिमलाई सहभागिता गराउने तयारी भैरहेको जानकारी दिए ।

प्रतियोगितामा विभागीय टिम सहित ८ देखि १० क्लबको सहभागिता रहने संयोजक अधिकारीले बताए । क्लबका अध्यक्ष सुसन जोशीले गोल्डकपको बिजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपबिजेताले ट्रफी सहित २ लाख ५० हजार रुपैया पुरस्कार राशी प्राप्त गर्ने बताए ।

प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न बिधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैया प्राप्त गरिने आयोजक क्लबका अध्यक्ष जोशीले बताए । महिला गोल्डकप संचालनका लागि करिब १ करोड रुपैया खर्च लाग्ने अध्यक्ष जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्