विराटनगरको गुरुकुलमा फेरि प्रस्तुत भए श्रवण मुकारुङ

<span class='c1'>विराटनगरको गुरुकुलमा फेरि प्रस्तुत</span> <span class='c2'>भए श्रवण मुकारुङ</span>

विराटनगर । काव्यारोहण, आरोहण कविता यात्राको नवौं अनुक्रममा कवि श्रवण मुकारुङले करिब दर्जन कविता सुनाएका छन् ।

आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा शनिबार भएको कार्यक्रममा मुकारुङले युवाकविहरुलाई समर्पित गर्दै आवाज नआइपुगेको मेघको उज्यालो, म्याडम गीता, डिप्रेसनमा राम, गाउँ र आमा, मोहन कोइराला, मृत्युसित, बिसे नगर्चीको बयान लगायत झण्डै दर्जन आफ्ना कविता वाचन गरेका हुन् ।
दोस्रो जनआन्दोलनको पूर्वसन्धा २०६२ साउन ८ गते काठमाडौं गुरुकुलमा मुकारुङको जीवनको पहिलो एकल कविता वाचन कार्यक्रम भएको थियो । शनिबार काव्यारोहणमा कविता सुनाउँदै गर्दा उनले १६ वर्षअघिको त्यो कार्यक्रम स्मरण गरे ।


मुकारुङ नेपाली साहित्य जगतमा लोकप्रिय कवि तथा गीतकार हुन । उनको बिसे नगर्चीको बयान कविता निक्कै चर्चित कवितामा गनिन्छ । दर्जनौं कृतिका सर्जक मुकारुङको जन्म वि.सं. २०२१ साल जेठ २६ गते भोजपुरमा भएको हो ।
आरोहण–गुरुकुल विराटनगरले दशकौंदेखि साहित्य क्षेत्रमा सक्रिय रहेका कविहरुलाई २०७७ सालको मंसिरदेखि प्रस्तुत गराउँदै आएको छ । काव्यारोहणमा यसअघि वैरागी काइँला, तुलसी दिवस, बम देवान, मोमिला, मनप्रसाद सुब्बा, तीर्थ श्रेष्ठ, कुन्ता शर्मा, सुमन पोखरेल प्रस्तुत भइसकेका छन् । काव्यारोहणमा टिकट काटेर कविता सुन्न विराटनगरसहित पूर्वी नेपालका विभिन्न क्षेत्रबाट मानिसहरु आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्