विराटनगर । विराटनगर-५ त्रिमूतीचौक पश्चिममा रहेको जागृति टोलको खाली मैदानमा ‘विराट राजवंशी महोत्सव’ सुरू भएको छ ।
शनिबार एक भव्य समारोहको बिच ११ दिनसम्म संचालन हुने महोत्सव सुरू भएको हो । उक्त महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरे । कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले भेष, भूषा, कला सांस्कृतिको जर्गेना र संरक्षणमा यस्ता महोत्सवले ठूलो भूमिका खेल्ने बताए ।
राजवंशी सामुदाय तराइको भूमि पुत्र भएको उल्लेख गर्दै प्रमुख पराजुलीले राजवंशी सामुदायलाई आदिवासी जनजातिमा सुचिकृत गरिनुपर्नेमा जोड दिए । विराट राजवंशी प्रगतिशिल समाजको आयोजनामा चैत ५ देखी १५ गतेसम्म संचालन हुने महोत्सवमा राजवंशी समुदायको मौलिक पहिरन, खानपिन देखि बालबालिका तथा युवाहरूको मनोरंजनका लागि रोटेपिङ र खेलकुदका सामाग्रीहरू पनि रहेको छ । महोत्सवमा प्रर्दशनी तथा ब्यापारिक प्रयोजनका ६० वटा स्टलहरू रहेको छ ।
विराट राजवंशी समुदायको कला संस्कृति प्रर्बधन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष किरण राजवंशीले बताए । महोत्सवमा राजवंशी समुदायका कलाकारहरूको साथै राष्ट्रियस्तरका कलाकारहरूको दैनिक प्रस्तुतिले थप रौनक बढनेछ । महोत्सवमा चर्चित गायक तथा गायिकाहरू सुगम पोखरेल, शिव परियार, प्रमोद खरेल, मेलिना राई, ज्योति मगर, कृष्ण लुईटेल, डम्बर नेपाली, तक्मे बुढो र माग्ने बुढो आउने बताइएको छ । उनीहरूको प्रस्तुती आइतबारदेखि रहनेछ ।
महोत्सवमा स्थानिय गायक तथा संगितकार प्रबलदिप विश्वासको पनि सांगीतिक प्रस्तुती रहेको छ । आयोजकले कार्यक्रमलाई भव्यरुपमा बनाउनका लागी दमकदेखी १ लाख बढीको खर्चेर साउण्ड सिस्टमको व्यवस्था गरेको छ ।