कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालिकोटमा सरुवा रोग अस्पताल सञ्चालनमा

कालीकोट । कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ ।

सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी-एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।

“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पतालको माग भएकामा आइतबारदेखि नियमित सञ्चालनमा आएको छ ।” अहिले १५ शय्याको अस्पताललाई भविष्यमा ५० शय्या पुर्याउने लक्ष्य रहेको छ । यसअघि कोभिड–१९का सङ्क्रमितलाई उपचारका लागि प्रयोगमा ल्याइएको प्रमुख डा.सुनारको भनाइ थियो ।

उक्त अस्पतालमा २१ जनशक्तिको दरबन्दीमध्ये वरिष्ठ जनरल फिजिसियन एक, मेडिकल अधिकृत एक, हाउस किपर एक, फार्मेसी सहायक एकजनालगायत कर्मचारी रहेका छन् । अस्पताल सञ्चालन आएपछि कालीकोट, जुम्ला, हुम्ला, मुगु, अछाम, दैलेख र बाजुराका सेवाग्राहीले सहज रुपमा सेवा लिन सक्ने भएका छन् ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्