विराटनगर । रंगेली नगरपालिकाले अन्तरपालिका मेयर कप फुटबल टुर्नामेन्ट सुरु भएको छ ।
रंगेली-७ स्थित जनता क्याम्पसको खेल मैदानमा प्रतियोगिता चैत्र ६ सुरु भैँ १४ गते सम्पन्न हुनेछ । उक्त प्रतियोगितामा ७ पालिकाहरुले सहभागीता जनाएका छन् । प्रतियोगितामा रंगेली, बेलवारी, मिक्लाजुङ, सुनवर्षी, धनपालथान, कानेपोखरी, ग्रामथान बुढीगंगा गाउँपालिका सहभागी हुने भएका छन् ।प्रतियोगिताको विजेताले रू.१ लाख ५० हजार र उपविजेताले रू.८६ हजार , प्रमाणपत्र , सिल्ड, र म्यान अफ द म्याचलाई प्रतेक दिन रू.१५ सय रुपैयाँ ,उत्कृष्ट खेलाडी , सर्वाधिक गाेल गर्ने ,उत्कृष्ट गाेल किपरलाई समेत नगद पुरस्कारको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री तथा प्रदेश सभासद उद्घाटन लिलाबल्लभ अधिकारी, नगर प्रमुख दिलिपकुमार अग्रवाल, उपमेयर केशवकुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की, वडाध्यक्ष, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का लगायतको उपस्थित थियो ।