पल शाहविरुद्धको अनुसन्धान सकियो, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

पल शाहविरुद्धको अनुसन्धान सकियो, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

विराटनगर । प्रहरीले १७ वर्षीया नाबालिक बलात्कारको आरोपमा चर्चित नायक पल शाह विरुद्धको अनुसन्धान सकाएको छ ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शाह विरुद्धको अनुसन्धान प्रहरीले सोमबार सकाएको हो । अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय तनहुँमा प्रहरीले प्रतिवेदन बुझाएको छ । प्रहरी प्रतिवेदनको आधारमा अब जिल्ला अदालत अब थप फैसला गर्नेछ ।

जिल्ला अदालत तनहुँले भने शाहलाई २१ दिनसम्म म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्