राष्ट्रिय होराईजन बास्केटबल प्रतियोगिता : विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै विशाल मिलन केन्द्र सेमिफाईनलमा

राष्ट्रिय होराईजन बास्केटबल प्रतियोगिता : विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै विशाल मिलन केन्द्र सेमिफाईनलमा

विराटनगर । सुनसरीको धरानमा जारी राष्ट्रिय हराईजन बास्केटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा विराटनगर बास्केटबल एकेडेमीलाई ९८–८३ को स्कोरमा पराजित गर्दे विशाल मिलन केन्द्र काठमाण्डौ विजयी भएको छ ।

विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै विशाल मिलन केन्द्र काठमाण्डौ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । होराईजन क्लबको आयोजनामा शनिबारदेखि सुरु भएको छैठौँ राष्ट्रिय होराइजन बास्केटबल प्रतियोगितामा दोस्रो विजेता काठमाण्डौँ भएको हो । प्रत्येक क्वाटरमा अग्रता लिएको काठमाण्डौले पहिलो, दोस्रो, तेस्रो र चौथो क्वाटरमा २०–२१, २७–२५, २५–१६ र २६ – २१ स्कोर गरेको थियो । काठमाण्डौँका टिमका दिप्सन केसी म्यान अफ द म्याच घोषित भए । दिप्सनले ३१ स्कोर गरेका थिए भने उनले १५ सय नगद र मेडल प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक होराईजन क्लब त्रिभुवन आर्मीबिच भएको थियो भने आयोजक होराइजन क्लब धरानलाई १३१–८६ को स्कोरमा पराजित गर्दे त्रिभुवन आर्मी क्लब काठमाण्डौ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जारी प्रतियोगितामा ब्रदर्स बस्केटबल कल्ब धरान, बिर्तामोड बास्केटबल क्लब झापा, रोयल बास्केटबल एकेडेमी काठमाडौं र टाइम्स बास्केटबल क्लब काठमाडौं गरी ८ वटा टिम सहभागी भएका छन् । प्रतियोगिताको विजेताले रनिङ ट्रफी सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन् भने उप–विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउने छन् भने उदयमान खेलाडीले ५ हजार पाउने छन् । हरेक खेलको म्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिइने जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्