विराटनगर गुरुकुलमा ४०० जना अटाउन सक्ने क्षमताको नयाँ नाट्याशाला भवन सञ्चालनमा

विराटनगर गुरुकुलमा ४०० जना अटाउन सक्ने क्षमताको नयाँ नाट्याशाला भवन सञ्चालनमा

विराटनगर । भारत सरकारको आर्थिक अनुदान र विराटनगर महानगरपालिकाको सहयोगमा निर्मित आरोहण गुरुकुलको नाट्यशाला भवन सञ्चालनमा आएको छ ।

मङ्गलबार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र भारतीय राजदुतावासका द्वितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा नवनिर्मित नाट्यशाला भवनको उद्घाटन गरेका हुन् । कुल १२ कठ्ठा क्षेत्रफलमा निर्माण सम्पन्न भएको उक्त नाट्यशाला भवन कुल ४०० जना अटाउन सक्ने क्षमताको छ । २०१७ मै निर्माण सुरु भएको उक्त भवन भारत सरकारको कुल ३ करोड ५१ लाखको आर्थिक अनुदानमा सम्पन्न भएको हो । मङ्गलबार भवनको उद्घाटन समारोहमा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नेपाल–भारत बिचको पौराणिक कालदेखिको सम्बन्धलाई जीवन्त बनाईराख्न नवनिर्मित नाट्यशाला भवनले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।

निर्माण सम्पन्न भएको नाट्यशालाको निर्माण कार्य वि.सं. २०७४ साल फाल्गुणदेखि सुरु भएको थियो । विराटनगरको खुश्बु निर्माण सेवाले नाट्यशाला भवन निर्माणको ठेक्का लिएको थियो । महानगरले नाटक घर निर्माणका लागि ३ करोड ५५ लाख ६१ हजार ९ सय ८८ रुपैयाँको लागत अनुमान सहित बोलपत्र आह्वान गर्दा खुश्बु निर्माण सेवाले शून्य दशमलव २३ प्रतिशत कम कबोल अङ्कमा योजनाको निर्माण सम्झौता गरेको थियो ।

साहित्य, कला, संस्कृतिको केन्द्र मानिएको विराटनगरमा नाटक घरको अभावमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको नाटक महोत्सवमा समस्या हुँदै आएको थियो । तर, अब भारत सरकारको आर्थिक अनुदानमा नयाँ भवनको निर्माण सम्पन्न भईसकेपछि त्यो समस्या पनि समाधान भएको आरोहण गुरुकुलका अध्यक्ष भैरव क्षेत्रीले बताउनुभयो ।

आरोहण गुरुकुल यसअघि भने २४२ जना अट्नसक्ने क्षमताको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्