महानगर विकास समिति बनाउने निर्णय

महानगर विकास समिति बनाउने निर्णय

विराटनगर । मन्त्रिपरिषद् बैठकले विराटनगर महानगर विकास समिति गठन गर्ने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिदै विकास समिति गठनको बाटो खोलिएको बताए ।

साविक विराटनगर नगरविकास समितिको क्षेत्र संशोधन गरी हालको विराटनगर महानगरपालिकाको ४ किल्लाभित्र सीमित रहनेगरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम विराटनगर नगरविकास समिति गठन गर्ने निर्णय भएको कार्कीले जानकारी दिए ।

विगतमा नगरविकास समिति बनाइए पनि मेयर भीम पराजुलीको कार्यकालमा समिति बनाइएको थिएन। यसप्रकारका नगर विकास समितिमा अधिकांश राजनीतिक नियुक्ति हुने गर्छ । समितिको ठोसर सार्थक काम भने अहिलेसम्म देखिएको छैन । खास गरेर २०४६ सालपछि स्थानीय तहमा नगरविकास समिति गठन हुन्थे तर, यसले ठोस कुनै काम गरेको देखिएको थिएन ।

साभार : न्यू सृष्टि दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्