अवैध भएको दावी गर्दै ४० बोरा छुर्पी प्रहरीको नियन्त्रणमा

अवैध भएको दावी गर्दै ४० बोरा छुर्पी प्रहरीको नियन्त्रणमा

इलाम । इलामको रोङ गाउँपालिका–४ जोरकलस स्थित मेची राजमार्गमा अवैध समान बोकेको गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी किटेनीबाट चेकिङमा खटिएको प्रहरी टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ च ९२१९ नम्वरको वलेरो गाडीमा अवैधरुपमा बोकेको अन्दाजी १९ लाख बरावरको हार्ड छुर्पी नियन्त्रणमा लिइएको हो ।

४० अवैध छुर्पी बरामद भएसँगै उक्त छुर्पी, गाडी र चालक इलाम सुर्योदय नगरपालिका–२ का निमा तामाङ सहितलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्