लेटाङ घटना : एसएसपी चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन

लेटाङ घटना : एसएसपी चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन

विराटनगर । एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको निष्पक्ष अनुसन्धानका निम्त्ति १ नम्बर प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने प्रदेश प्रहरी कार्यालयका डिआईजी अरुण बिसीले बताए । उनले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने जानकारी दिए ।

एसएसपी चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालयको अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । आइतबार दिउँसो मोरङको लेटाङमा भएको उक्त घटनामा भने मोरङ प्रहरीका एसपी सहित २८ जना प्रहरी र ७ जना सर्वसाधारण घाइते भएका थिए । घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठले ज्यान गुमाएकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्