प्याब्सन अध्यक्ष टिकाराम पुरीको ‘खाली खुट्टा’ सार्वजनिक

<span class='c1'>प्याब्सन अध्यक्ष टिकाराम पुरीको</span> <span class='c2'>‘खाली खुट्टा’ सार्वजनिक</span>

विराटनगर । प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको हो ।

प्याब्सनको १५ औं महाधिवेशनको उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले पुस्तकको विमोचन गर्नुभएको हो ।
१४ औं महाधिवेशनबाट प्याब्सनको केन्द्रीय अध्यक्ष बन्नुभएका पुरीले एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत एभरेष्ट मन्टेश्वरी, एभरेष्ट स्कुल, एभरेष्ट कलेज, एम्स कलेज विराटनगर र पाथिभरा स्कुल इटहरीलगायत शैक्षिक सस्था सञ्चालन गर्दै आउनुभएको छ ।
२०२४ साल वैशाख १ गते संखुवासभाको खाँदबारी नगरपालिकामा जन्मनु भएका पुरीले बाल्यकालदेखि प्याब्सनको नेतृत्वमा पुगेर गरेका संघर्ष पुस्तकमा समावेश गरिएको छ । आर्थिक अवस्थामा कारण १४ वर्षको उमेरसम्म चप्पल लगाउन नपाउनुभएका पुरीले स्कुलतहको अध्ययन गर्दा दालचिनी बेचेर खर्चको जोहो गरेको कथा पुस्तकमा समेटिएको छ ।

एसएलसी पास गरेपछि उच्च शिक्षाका लागि विराटनगर आउनुभएका उहाँले विराटनगरमा रोजगारी नपाउँदा गरेको संघर्षदेखि सयौंलाई रोजगारी दिने संस्थाको नेतृत्व गर्दाको अनुभवलाई खाली खुट्टमा समावेश गरिएको छ । पुरीको पुस्तक ‘खाली खुट्टा’ जनता पब्लिकेशनले प्रकाशित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्