मन्त्री कार्कीद्वारा क्रान्तियोध्दा स्व.मानध्वजको सालिक अनावरण

<span class='c1'>मन्त्री कार्कीद्वारा क्रान्तियोध्दा</span> <span class='c2'>स्व.मानध्वजको सालिक अनावरण</span>

भोजपुर । भोजपुरको अरुण गाउँपालिका ६ जरायोटारमा निर्माण गरिएको २००७ सालका क्रान्तियोध्दा स्व.मानध्वज राई९फुइकी बाजे०को सालिक अनावरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बिच प्रदेश एकका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सालिकको अनावरण गर्नुभएको हो ।

सालिकको अनावरण गर्दै मन्त्री कार्कीले राणा शासनका बेला पनि परिवर्तनको बिगुल फुक्ने स्व। राईको प्रतिमा बनाउनु र त्यसमा पनि आफैँले उद्घाटन गर्न पाउनु सौभाग्य भएको बताउनुभयो ।

राणा कालमा पुर्खाहरूले रैतीको जीवनयापन गर्ने गरेको सहन नसकेर रैती हुनुभन्दा सहिद हुनुपर्छ भन्ने सोचका साथ बिपी कोइरालाहरूले सुरु गरेको अभियानमा स्व।राई लागेको उहाँले स्मरण गर्नुभयो ।

अन्यायका विरुद्धमा लड्नुपर्ने बताउँदै उहाँले ऐतिहासिक पात्रहरूको सालिकले केवल प्रतिमा मात्र नभएर ऐतिहासिक तथ्यको झझल्को दिने बताउनुभयो ।स्व। राई जिल्लामा नयाँ नयाँ कृषि तथा फलफूलका बोटबिरुवा ल्याउने व्यक्तिका रूपमा चिनिने भएकाले कृषि क्रान्तिका अभियन्ता पनि भनेर चिनिनुहुन्छ । राईको निधन २०३० सालमा भएको थियो ।

मन्त्री कार्कीले सालिक सँगै निमाण गरिएको जोडी जरायोको प्रतिमाको पनि उद्घाटन गर्नुभयो । जरायोटार प्रदेश एकको बिचको भूभाग रहेको उल्लेख गर्दै मन्त्री कार्कीले प्रदेश सरकारले यसको विकाशका लागि नवीन ढङ्गले अगाडि बढ्ने बताउनुभएको छ ।

गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर कार्कीले आफ्नो पालिकाले पालिकाले जनतालाई घर घरमा सरकार आएको महसुस हुने गरी काम गरेको बताउनुभयो । वक्ताहरूले स्व।राईले जस्तो योगदान पुर्याएकालाई यसैगरि सम्मान गरेर चिनारी दिनुपर्ने बताएका छन् ।

मन्त्री कार्कीले वडा नं ६ मै २० रोपनी जग्गामा निर्माणाधीन खेल मैदानको पनि अवलोकन गर्नुभयो । मैदानको अवलोकन गर्दै उहाँले मैदान निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्